Showing posts with label स्थान परिचय. Show all posts
Showing posts with label स्थान परिचय. Show all posts

Tuesday, June 29, 2010

पाथिभरा देवीको दर्शन गर्नु जाने होइन त ?

‘श्री पाथीभारा देवीको दर्शन गरौं, अलौकिक दैवी शक्ति  
अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौं ।’

परिचय
विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङ (लिम्बु भाषा मा फुलई फुल भएको ठाउँ) बाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ ।