Showing posts with label व्यक्तित्व. Show all posts
Showing posts with label व्यक्तित्व. Show all posts

Thursday, June 24, 2010

मिस राजधानी परिना

दमक, झापाकी स्थायी बासिन्दा परिना राई काठमाडौंमा सम्पन्न एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएकी छिन् । केही समयअघि सम्पन्न मिस राजधानी— २०१० मा उनले सहभागी एक दर्जन महिला सहभागितालाई उछिन्दै 'मिस राजधानी' को मुकुट पहिरिएकी हुन् । दिल्लीस्थित एउटा कलेजबाट यसै वर्ष प्लस टु उत्तीर्ण गरेकी परिना ५ फिट ४ इन्च अग्ली छिन् । भविष्यमा एयर होस्टेज बन्ने लक्ष्य लिएकी परिनाले मोडलिङलाई रहरको माध्यम बनाएकी छिन् । 'साथीहरूको सल्लाहले मिस राजधानीमा भाग लिएकी थिएँ,' परिना भन्छिन्- 'पहिलो प्रयासमै विजयी भएपछि अब मलाई मोडलिङमै करियर बनाउने उत्साह जागेको छ ।' उक्त प्रतियोगितामा सहभागी भएपछि म पनि केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास पैदा भएको अनुभव उनले गरेकी छिन् ।