Showing posts with label स्वास्थ. Show all posts
Showing posts with label स्वास्थ. Show all posts
Monday, June 28, 2010
गर्मीमा ग्ल्यामरस्
मौसम उखरमाउलो बनेको छ । गर्मीले शरीरका कपडा कहाँ फालुँ भएको छ । कम कपडा लगाउने फेसनलाई साथ दिएको छ गर्मीले । अनि राजधानीका मेट्रो युवती किन नलगाउन छोटा कपडा । बाहिर बजारमा निस्कँदा पुरै अंग ढाक्ने युवती त चामलमा बियाँ बन्न लागिसकेका छन् । हुन पनि गर्मी भनेको गर्मी नै हो त्यो मौसमको पनि हुन सक्छ उमेरको पनि अनि वैंशको । उमेरमा नै हो राम्रो देखिने अनि फस्ट र सेकेण्ड लुक खाने । त्यसैले फेसनको समर संस्करणमा आफ्नो कायामा वैंशालु छायाँ पारेर हिँडेका देखिन्छन् युवती । यसै पनि उमेरको गर्मी त्यसमाथि पाश्चात्य फेसनको नक्कल त्यसलाई साथ दिएको मौसमले अनि आधा अंग बाहिर र आधा भित्र पर्ने समर फेसन किन नदिउन आधुनिक युवा जमातले ।
बानेश्वरकी ५५ वर्षीय तृष्णा मानन्धरलाई छोरी दीपाले गर्मीकै लागि भनेर दुई जोर नयाँ कपडा किनिदिएकी छिन् ।
Subscribe to:
Posts (Atom)
