Showing posts with label जानकारी लेख. Show all posts
Showing posts with label जानकारी लेख. Show all posts

Sunday, July 4, 2010

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब
तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२ कम्प्युटरको password बिर्सनु भयो भने
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर
खोल्न सक्नु हुन्छ

Tuesday, June 29, 2010

पाथिभरा देवीको दर्शन गर्नु जाने होइन त ?

‘श्री पाथीभारा देवीको दर्शन गरौं, अलौकिक दैवी शक्ति  
अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौं ।’

परिचय
विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङ (लिम्बु भाषा मा फुलई फुल भएको ठाउँ) बाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ ।

Monday, June 28, 2010

गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या

•नेपालका गोप्य गोप्य सुचना संकलनका लागि भारत र चीनले उच्चतहका यौनकर्मी परिचालन गर्ने गरेको रहस्य खोले एक उच्च प्रहरी अधिकारीले ।


•२३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडे ।

•भारतियहरुले भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको प्रमाण फेला परेका छन । परापुर्वकालमा राजा वा अन्य विशेष ब्यक्तिको हत्या गर्नका लागि अति शुन्दर विष कन्यालाइ पठाएर हत्या गर्ने गरेको धार्मिक कथा सुनीएको नै हो ।

गर्मीमा ग्ल्यामरस्


मौसम उखरमाउलो बनेको छ । गर्मीले शरीरका कपडा कहाँ फालुँ भएको छ । कम कपडा लगाउने फेसनलाई साथ दिएको छ गर्मीले । अनि राजधानीका मेट्रो युवती किन नलगाउन छोटा कपडा । बाहिर बजारमा निस्कँदा पुरै अंग ढाक्ने युवती त चामलमा बियाँ बन्न लागिसकेका छन् । हुन पनि गर्मी भनेको गर्मी नै हो त्यो मौसमको पनि हुन सक्छ उमेरको पनि अनि वैंशको । उमेरमा नै हो राम्रो देखिने अनि फस्ट र सेकेण्ड लुक खाने । त्यसैले फेसनको समर संस्करणमा आफ्नो कायामा वैंशालु छायाँ पारेर हिँडेका देखिन्छन् युवती । यसै पनि उमेरको गर्मी त्यसमाथि पाश्चात्य फेसनको नक्कल त्यसलाई साथ दिएको मौसमले अनि आधा अंग बाहिर र आधा भित्र पर्ने समर फेसन किन नदिउन आधुनिक युवा जमातले ।

बानेश्वरकी ५५ वर्षीय तृष्णा मानन्धरलाई छोरी दीपाले गर्मीकै लागि भनेर दुई जोर नयाँ कपडा किनिदिएकी छिन् ।

अश्लील वेबसाइट अब ँडट टि्रपल एक्स’मा

एजेन्सी

ब्रसेल्ल, १३ असार
अब चाँडै इन्टरनेट अश्लीलता प्रतिबन्ध गर्न सजिलो हुनेछ ः डोमेन नाम नियन्त्रण गर्ने निकायले शुक्रबार अश्लील अनलाइन पहिचानका लागि व्यक्ति र कम्पनीहरूको वेबसाइटको अन्त्यमा डट टि्रपल एक्स -एक्स्एक्स्एक्स्) थप्ने बताएको छ ।
क्यालिफोर्नियास्थित एक गैरनाफामुखी निकाय, आईसीएएनएनले डट कम र डट ओआरजी जस्तै अश्लील वेबसाइटको अन्त्यमा डट एक्स्एक्स्एक्स् थप्ने बताएको छ । यो निर्ण्र्ााे इन्टरनेट अश्लीलतासम्बन्धी एक दशक लामो विवाद टुंगिने भएको छ ।
निर्ण्र्ाालागू भए अभिभावकहरूले आफ्ना छोराछोरीलाई यस्ता साइटहरू हर्ेन प्रतिबन्ध लगाउन सक्छन् भने केही शंकालुहरूले हाल विद्यमान डट कम एड्रेस पनि त्याग्ने बताउँछन् ।

Saturday, June 26, 2010

दमक पशुहाट

झापाको दमक नगरपालिका स्थित पशुहाट सरकारको मापदण्ड भित्र नरहेको बिज्ञहरुले बताएका छन् ।

आज दमकमा पशुपिाछ बजार निर्देशनालयले आज दमकमा गरेको अन्तरकृयामा उनिहरुले सो बताएका हुन् । कार्याक्रममा निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर केशवप्रसाद प्रमीले पशुहाटका लागि पिउनेपानी साचारयातायात तथा स्वास्थ्य परिक्षण लगायतको ब्यबस्था हुनु पर्ने भए पनि दमकको पशुहाटमा सो नभएको बताउनु भयो ।

Thursday, June 24, 2010

मिस राजधानी परिना

दमक, झापाकी स्थायी बासिन्दा परिना राई काठमाडौंमा सम्पन्न एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएकी छिन् । केही समयअघि सम्पन्न मिस राजधानी— २०१० मा उनले सहभागी एक दर्जन महिला सहभागितालाई उछिन्दै 'मिस राजधानी' को मुकुट पहिरिएकी हुन् । दिल्लीस्थित एउटा कलेजबाट यसै वर्ष प्लस टु उत्तीर्ण गरेकी परिना ५ फिट ४ इन्च अग्ली छिन् । भविष्यमा एयर होस्टेज बन्ने लक्ष्य लिएकी परिनाले मोडलिङलाई रहरको माध्यम बनाएकी छिन् । 'साथीहरूको सल्लाहले मिस राजधानीमा भाग लिएकी थिएँ,' परिना भन्छिन्- 'पहिलो प्रयासमै विजयी भएपछि अब मलाई मोडलिङमै करियर बनाउने उत्साह जागेको छ ।' उक्त प्रतियोगितामा सहभागी भएपछि म पनि केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास पैदा भएको अनुभव उनले गरेकी छिन् ।

Tuesday, June 22, 2010

पूर्वको पर्यटनग्राम भेडेटार

सेताम्मे हिउ फूल्ने काचनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानको वीचमा अवस्थित पर्यटनग्राम भेडेटार पूर्वको पर्यटकिय गन्तव्य हो । आकार्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्ा्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ ।


मनमोहक र आकर्षणको केन्द्रविन्दु भएका कारण पुष-माघको चिसो ठण्डीमा पनि खुव तातेको हुन्छ । पहाडी श्रृूखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संंख्या पनि दिन दिनै बढदॊ छ ।

Wednesday, June 9, 2010

तीस लाखको जग्गादान

झापाको दमक-१९ मा साप्ताहिक हाटका लागि स्थानीय तीनजनाले रु ३० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । सो ठाउँमा हाट लगाउन स्थानीय रतन श्रेष्ठ, तिलक श्रेष्ठ र रीता श्रेष्ठले जनही तीन कट्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।


वडा नम्बर १९ को सेतुमारीमा प्रत्येक मङ्गलबार लाग्ने गरी सो हाट आजबाट सुरु भएको छ । सो हाटको दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले उद्घाटन गर्नुभयो । नगरपालिकाभित्र रहेर पनि सहरी क्षेत्रभन्दा टाढा रहेकाले दमक बजारको निर्भरता कम गर्न सो हाट सुरु गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर देवानले बताउनुभयो ।

Tuesday, June 8, 2010

पाण्डवको अज्ञात वासस्थल झापाको पर्यटन विकास

द्वापरयुगको महाभारत कालखण्डमा पाण्डवहरु अज्ञातरुपमा वास बसेको विभिन्न ऐतिहासिक तथ्यबाट प्रमाणित भएको झापाका विभिन्न धार्मिकस्थलको आवश्यक प्रचारप्रसार गर्नसके लाखौंको सङ्ख्यामा पर्यटक भित्र्याउनसकिने सम्भावना देखिएको छ ।


महाभारतकालमा पाण्डवहरु अज्ञात वास बसेका स्थलमा किच्चक बधस्थल, अर्जुनले वाण प्रहार गरी पृथ्वीबाट जलधारा प्रवाह गराएको अर्जुनधारा, गुप्तवासका बेला अस्त्रशस्त्र लुकाएर राखेको मन्दिर सतासीधाम, चिल्लागढ, राजा विराटको विराटपोखरी, कृष्णथुम्कीलगायतका दर्जनौं धार्मिक स्थलमा पर्यटकलाई आकषिर्त गर्न सकिने छ । ती स्थल पर्यटन वर्ष २०११ सफल बनाउनका लागि समेत नयाँ गन्तव्यस्थल बन्नसक्ने विश्वास गरिएको छ ।

Wednesday, May 19, 2010

Damak municipality

Damak is a town and municipality in Jhapa District in the Mechi Zone of south-eastern Nepal. It is situated between the Ratua Khola (River) in the east and the Mawa Khola (River) in the west. At the time of the 1991 Nepal census it had a population of 41,321 people living in 7,644 individual households.[1]

Damak was changed to a municipality from a VDC (Village Development Committee) in the year 1982 AD. The Damak municipality consists of 19 wards which also includes the large Himalayan Tea State,( हिमालय गूडरिक )where the Royal Family has also invested. The municipality covers an area of 7,513 hectares and is at an average of 100 meters above the sea level. Lakhanpur in to the east, Urlabari, Rajghat and Madhumalla in the west and Chulachuli Ilam and Kohabara vdc in the north and the south, respectively.

दमक नगरपालिका

दमक पुर्वि नेपालको बिकसित सहर हरु मध्ये एक हो । १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरु छन जस्तै:- लिम्बु, राई, गुरुङ मगर, तामाङ, धिमाल, क्षेत्रि, बाहुन, राजवंशि,ताजपुरिया,थारु, दमाइ, कामि,सार्की इत्यादि ।
दमक को पुर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ । दमकको रतुवा पुल पुर्वि नेपालको लामो पुलहरु मध्ये एक हो । यसको लम्बाई ५८३ मि. छ । २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो । दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो । यहा को कुल जमिन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टर मा घर हरु छन र ५५८६.३० हेक्टर मा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरुले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७ को सर्वेक्षण अनुसार दमक मा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैया को थियो।