Wednesday, May 19, 2010

दमक नगरपालिका

दमक पुर्वि नेपालको बिकसित सहर हरु मध्ये एक हो । १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरु छन जस्तै:- लिम्बु, राई, गुरुङ मगर, तामाङ, धिमाल, क्षेत्रि, बाहुन, राजवंशि,ताजपुरिया,थारु, दमाइ, कामि,सार्की इत्यादि ।
दमक को पुर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ । दमकको रतुवा पुल पुर्वि नेपालको लामो पुलहरु मध्ये एक हो । यसको लम्बाई ५८३ मि. छ । २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो । दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो । यहा को कुल जमिन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टर मा घर हरु छन र ५५८६.३० हेक्टर मा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरुले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७ को सर्वेक्षण अनुसार दमक मा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैया को थियो।

२०४७/०४८ को सर्वेक्षणमा जनसंख्याको बृदि दर बर्ष को ५.१४ प्रतिशतले हुने देखाएको थियो । ०५६/०५७ को सर्वेक्षण मा यहा ८८ कल कारखाना, १०११ पसल,२४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरु अर्थात बैंक । ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाइन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमककै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जुन राज खानदान को लगानी रहेको छ । उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठुलो छ । दमकको सबैभन्दा ठुलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरु सबै बजार इलाकामा पर्दछ । ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कुलहरु दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कुल दमकको सुर्योदय इङ्लीस स्कुल परेको थियो । दमकमा १ हुलाक छन भने स्कुलहरु सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहत मा १, र क्याम्पस २, मनोरन्जन को कुरा मा दमक मा ३ वटा सिनेमा हल हरु छन जस्तै :-(१) निकन्ठ चित्र मन्दिर,(२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नया हिन्दी भाषाका चलचित्र लाग्ने गर्छ ; सथइ निकन्ठ चलचित्र मन्दिर मा नेपाली तथा नया हिन्दि चलचित्रहरु दिजितल साउन्द् र एल् सि दि पर्दामा देखाइन्छ । दमक को टेलिफोन टावर सम्भवत नेपाल को अग्लो टावरहरु मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ । धरान पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरुको बसोबास भएको सहर मा पर्दछ दमक।

नेपालको सन् १९९१ को जनगणना अनुसार दमक नगरपालिकाको जनसंख्या ४२,००० थियो ।[१] यस मध्ये पुरुष ५०%, र महिला ५०% छन् । यस नगरपालिकामा ७१७८ वटा घरहरू छन् ।

1 comment: