Wednesday, May 19, 2010

'प्रिय कुराहरू'

सबैभन्दा प्रिय लाग्छ
मेरी आमा
मेरो देश
मैले पढने पुस्तक
आमा आइरहनुहुन्छ सधै
मैले पिउने पानीको थोपामा
भगवानको मुर्तिमा
अनि
मैले लेखने कविताका हरफहरूमा

देश आइरहन्छ सधै
गोर्खालीको वीरता
सगरमाथाको शिर
अनि
बुद्घले बाँडेको विश्व पहिचान सँगै
मैले बोक्ने पासपोर्टमा


किताब आइरहन्छ सधै
मेरो आँखामा
मैले नटेकेको क्षितिजमा
अनि
मैले सधंै बाँच्न चाहेको
ज्ञानका स्वणिर्म बस्तिहरूमा

कला र्राई

भोजपुर,
हालःहङकङ ।

No comments:

Post a Comment