नेताहरु चढेको बस एकासी एउटा किसानको खेतबारीको छेउको रुखमा ठोकिएर पल्टीएछ। यो खबर जब मन्त्रालयमा पुग्यो प्रहरी हरु हतार हतार त्यहाँ पुगेर हेर्दा त खाली बस मात्र रहेछ। अनि छेउको किसान लाई सोधेछ।
प्रहरी : ए भाई खै त दुर्घटनामा परेको नेताहरु ?
किसान : सबैलाई खाल्डोमा पुरिदिए
प्रहरीले मन मनै सोच्यो सबैलाई नास्ता ख्वाउनु लगेछ। फेरि बोल्यो
प्रहरी: तर पुरी किन दिएको परौठ दिनु पर्दैन त।
किसान : त्यस्तो खाने खाल्को पुरि परौठा होइन खाल्डो खनेर पुरिदिए भनेको।
प्रहरी : हँ, अनि सबै जना मरेको थियो त
किसान : तपाईलाई थाहा नै छनि यो नेताहरु कतिसारो झुटो बोल्छ भनेर
प्रहरी : हुन त हो तर किन नि ?
किसान : एक दुई जना ले त जिउदैछु मरेको छुईन भन्दै थियो तर मलाई नेताहरुको कुरा विश्वासै लागेन।
प्रहरी : हँ,
No comments:
Post a Comment