दमक
१६असार पछिल्लो समयमा भूटानी शरणार्थी शिविर बेलडाँगीमा दुले चोरी बढ्न थाले पछि स्थानीय व्यापरीले त्यहाँ रहेको शसस्त्र प्रहरी बेश बेलडाँगीमा सुरक्षाको माग गरेका छन् ।
मंगलबार कपडा पसलमा रातको समय लगभग ५० हजार मुल्य बराबरको फेन्सी कपडा चोरी भएको पीडित व्यापरी भक्त बहादुर रैकाले बताएका छन् । त्यसैगरी दुई दिन अघि बेलडाँगी बजारकै मणिप्रसाद कोईरालाको पसलबाट पैसा राख्ने गल्ला र मोवाईल चोरी भएको थियो । कोइरालाको नगद २३ हजार र ६ हजारको मोवाईल चोरी भएको थियो । यसरी यसै साता लगातार दुई स्थान र गत साता अन्य दुई कस्मेटिक पसलबाट सामान चोरी भए पछि
स्थानीय पिपिरे टोल विकास संस्थाको अगुवाईमा शसस्त्र प्रहरी बेश बेलडाँगीमा रातको समयमा बजार क्षेत्र गस्ती पटोलिङ्गको व्यवस्था मिलाउन प्रहरी समक्ष आग्रह गरेको टोल विकासका अगुवा रुद्र मिश्रले बताउनु भएको छ ।
यता शसस्त्र प्रहरी बेशले चाँडै चोरीको खवर नगरेको र समयमा खवर गरे तत्काल खोज तलास गरिने शसस्त्र प्रहरी सहायक निरीक्षक जय पाठकले बताएका छन
No comments:
Post a Comment