Tuesday, July 6, 2010

सुत्केरी र बिबाहमा ऋण नदिने उराव महिलाको नियम

दमक२१ असार
झापा दमक १५कि शोभा उराव लाई केहि बर्ष अघि सम्म परिवारका सदस्य बिरामी हुँदा उपचारका लागि साहु खेाज्न गाँउ भरि धाउनु पथ्र्यो । आर्थिक अवस्था दर्बिलो नभएकाले जो सुकैले ऋणदिन पनि पत्याउँदैन थिए । पत्याए पनि ब्याजदरनै अचाक्ली । तर आफ्नै टोलका महिलाहरुको सकृयतामा झरना बचत समुह स्थापना गरे पछि त दोहोरो फाईदा भएको छ । महिनै पिच्छे अनिवार्य बचत गर्नु पर्ने नियम भएकाले फजुल खर्च गर्ने बानि हटेको छ भने दुख बिराम पर्दा साहुकहाँ चहारी रहनु पर्दैन ।

सो समुहकि सचिब रहेकी शोभाका अनुसार समुहको रकम सरल ब्याजदरमा ऋण लगेर समुहका सदस्यमध्ये कसैले सुगुँगर पालेका छन् भने कसैल सानो तिनेा ब्यापार थालेका छन् । तर समुहका केही कडा नियम छन् बिबाह र सुत्केरीमा समुहबाट ऋण पाईदैन ।उनले कारण खुलाईन् – सुत्केरी अचानक हुने बिराम होईन श्रीमती गर्भवती भए पछि उसको श्रीमानले सोका लागी तयारी गर्नु पर्छ भने बिबाह आफ्ने क्षमता अनुसार गर्नु पर्छ ।
सोही ठाँउको हिमालय दिप ज्योती उराव बचत समुहमा २७ जना सदस्य प्रत्येकको बचत रकम ९ हजार रुपैया नाघेको छ । साना गाँस खाएर भए पनि प्रत्येक महिना १ सय रुपैयाका दरले गरेको बचत अहिले साना तिना घरायसी गर्जो टार्न मात्र होईन सदस्यहरुको आर्थीक उन्नतीमा समेत सघाउन सक्ने भउको छ । समुहकि सचिब हेलेना टोप्पोका अनुसार प्रत्येक सदस्य नजिकैको चिया बगानमा मजदुरी गर्छन । त्यहाबाट तलव आए पछि सबैले पहिलो भाग लगाउँछन् समुहको बचत रकम । उनले भनिन् ु पहिले तलव पाउन साथ घरमा के सकिएको छ त्यो समान किन्न जाने हतार हुन्थ्यो भने अचेल समुहको बचत रकम नछुट्याई कसैले पनि केहि खर्च गर्दैन ।
समुहकि पुर्व अध्यक्ष तारानी टोप्पोलाई भने एउटै चिन्ता थियो छोरा छोरी कसरि पढाउने शुरुमा कुनै महत्वनै नदिईएको समुहको रकम हर्जा पर्दा सस्तो ब्याज दरमा पाईने भए पछि उनको साहस बढेको छ उच्च माध्यमिक अध्ययनरत छोरालाई चाहे जति पढाउने । चार वर्ष अगाडि समुह गठन गर्दा महिनाको एक सयले केनै गर्ला भन्ने लागेको थियो त्यहि पनि मजदुरीको झिनो कमाई घर खर्च बाट जोगाउनै मुस्किल । समुहमा जम्मा भएको रकम साँउ नमर्ने गरि छोराको पढाईमा खर्च गर्ने उनले बताईन् ।
दुःख जिलो गर्ने र बचत गर्ने अनि आपत्त पर्दा समुहको कोषबाट समस्या टार्ने । यस प्रकारका समुह त गाँउ घरमा मनग्यै छन् । तर उराव महिलाहरुले सुत्केरी हुँदा समुहबाट ऋण नदिने नियम बनाएर श्रीमानहरुलाई कर्तब्य प्रति उत्तरदायि त बनाएका छन्नै हातका चक्र घोटेर कमाएको रकम बालुवामा पानी नहोस भनेर उनिहरु फजुल खर्च रोक्न बिबाहमा समेत रिन नदिने आचार संहितामा बाँधिएका छन् ।

No comments:

Post a Comment