Thursday, June 24, 2010

मिस राजधानी परिना

दमक, झापाकी स्थायी बासिन्दा परिना राई काठमाडौंमा सम्पन्न एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएकी छिन् । केही समयअघि सम्पन्न मिस राजधानी— २०१० मा उनले सहभागी एक दर्जन महिला सहभागितालाई उछिन्दै 'मिस राजधानी' को मुकुट पहिरिएकी हुन् । दिल्लीस्थित एउटा कलेजबाट यसै वर्ष प्लस टु उत्तीर्ण गरेकी परिना ५ फिट ४ इन्च अग्ली छिन् । भविष्यमा एयर होस्टेज बन्ने लक्ष्य लिएकी परिनाले मोडलिङलाई रहरको माध्यम बनाएकी छिन् । 'साथीहरूको सल्लाहले मिस राजधानीमा भाग लिएकी थिएँ,' परिना भन्छिन्- 'पहिलो प्रयासमै विजयी भएपछि अब मलाई मोडलिङमै करियर बनाउने उत्साह जागेको छ ।' उक्त प्रतियोगितामा सहभागी भएपछि म पनि केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास पैदा भएको अनुभव उनले गरेकी छिन् ।
नृत्य गर्न तथा पौडी खेल्न सिपालु परिनालाई मन पर्ने पहिरन हाफ पाइन्ट तथा टिसर्ट हो । म्युजिक भिडियो तथा विज्ञापनहरूमा मोडलिङ गर्ने तयारी गरिरहेकी परिना मौका मिलेको खण्डमा यसै वर्ष आयोजना हुने मिस नेपालमा पनि सहभागी हुनेछिन् । उनी भन्छिन्— 'एयर होस्टेजको अध्ययनलाई पनि सँगसँगै अघि बढाउनेछु ।'

No comments:

Post a Comment