Thursday, May 20, 2010

प्रभावशाली पूर्व मिस नेपाल माल्भिका सुब्बा

माल्भिका सुब्बा, पूर्व मिस नेपाल एवं टेली एंकर। जन्म – २०३८ साल, शिक्षा – मास कम्युनिकेसन्स एन्ड जर्नलिजममा स्नातकोत्तर अध्ययनरत। मिस नेपालका


११ श्रृंखलाका सुन्दरीमध्ये माल्भिका सबैभन्दा प्रभावशाली रहेको स्वयं पूर्व मिस नेपालहरूले सार्वजनिक कार्यक्रममा स्वीकार गरेपछि उनको उचाइ अझ बढेको छ। माल्भिका मीस नेपाल भएयता धेरै युवतीहरुले उनलाई रोल मोडेल मान्ने गरेका छन्। कान्तिपुर टेलिभिजन तथा नेपाल वानमा टेलिभिजन एंकरको भूमिका निभाइसकेकी माल्भिकाले मिस नेपालकी संयोजकका रूपमा पनि काम गर्दै आएकी छिन्।

मिस नेपाल हुनुका फाइदा त धेरै होलान् तर तपाईंलाई कुन फाइदा बढी प्रभावकारी लाग्यो ?
युवापुस्ताले मलाई रोल मोडल मान्नु र थप ज्ञान एवं आत्मविश्वास प्राप्त गर्नुलाई मैले प्रभावकारी फाइदा मानेकी छु । तर त्यसबाहेक यही बेलादेखि म आफ्नो खुट्टामा पूर्ण रूपमा उभिएँ ।

सर्प मृत अवस्थामा फेला

अहिले सम्मकै लामो सर्प मृत अवस्थामा फेला परेको छ।



"दमक" केहि तस्विरहरु

संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संविधानका लागि लिम्बुवानको खबरदारी

इटहरी सुनसरी, लिम्बुवान, जेष्ठ १, २०६७/
'संघीयता स्वायत्तता समावेशी अभियान; दिगो शान्ति समृद्ध अरुणपूर्व लिम्बुवान' भन्ने नाराका साथ संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, शान्ति र संविधानका लागि खबरदारी स्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदको जनवर्गीय सङ्गठन लिम्बुवान भोल्युण्टियस्र 'एलभी' को आयोजनामा जेठ १ गते लिम्बुवानको इटहरी, सुनसरीमा विशाल लिम्बुवानी खबरदारी आमसभा सम्पन्न भएको छ ।

अहिलेसम्मकै सबैभन्दा धेरै जनमास जुटेको भनिएको उक्त आमसभा शुरुहुनुअघि हजारौंको जनमासले विभिन्न नाराहरु लगाउँदै चर्को घाममा पनि इटहरी बजार परिक्रमा गरेको थियो । जुलुश सभास्थलमा पुगेपछि अतिथिहरुको आसन ग्रहण गराउँदै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले शहीदहरु माङतोक र मनिलको तस्वीरमा माल्यार्पण गर्दै पानसमा द्वीप प्रज्वलन गरेर आमसभाको उद्घाटन गर्नुभएको थियो ।

Wednesday, May 19, 2010

'प्रिय कुराहरू'

सबैभन्दा प्रिय लाग्छ
मेरी आमा
मेरो देश
मैले पढने पुस्तक
आमा आइरहनुहुन्छ सधै
मैले पिउने पानीको थोपामा
भगवानको मुर्तिमा
अनि
मैले लेखने कविताका हरफहरूमा

देश आइरहन्छ सधै
गोर्खालीको वीरता
सगरमाथाको शिर
अनि

Damak municipality

Damak is a town and municipality in Jhapa District in the Mechi Zone of south-eastern Nepal. It is situated between the Ratua Khola (River) in the east and the Mawa Khola (River) in the west. At the time of the 1991 Nepal census it had a population of 41,321 people living in 7,644 individual households.[1]

Damak was changed to a municipality from a VDC (Village Development Committee) in the year 1982 AD. The Damak municipality consists of 19 wards which also includes the large Himalayan Tea State,( हिमालय गूडरिक )where the Royal Family has also invested. The municipality covers an area of 7,513 hectares and is at an average of 100 meters above the sea level. Lakhanpur in to the east, Urlabari, Rajghat and Madhumalla in the west and Chulachuli Ilam and Kohabara vdc in the north and the south, respectively.

दमक नगरपालिका

दमक पुर्वि नेपालको बिकसित सहर हरु मध्ये एक हो । १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरु छन जस्तै:- लिम्बु, राई, गुरुङ मगर, तामाङ, धिमाल, क्षेत्रि, बाहुन, राजवंशि,ताजपुरिया,थारु, दमाइ, कामि,सार्की इत्यादि ।
दमक को पुर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ । दमकको रतुवा पुल पुर्वि नेपालको लामो पुलहरु मध्ये एक हो । यसको लम्बाई ५८३ मि. छ । २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो । दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो । यहा को कुल जमिन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टर मा घर हरु छन र ५५८६.३० हेक्टर मा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरुले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७ को सर्वेक्षण अनुसार दमक मा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैया को थियो।