•नेपालका गोप्य गोप्य सुचना संकलनका लागि भारत र चीनले उच्चतहका यौनकर्मी परिचालन गर्ने गरेको रहस्य खोले एक उच्च प्रहरी अधिकारीले ।
•२३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडे ।
•भारतियहरुले भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको प्रमाण फेला परेका छन । परापुर्वकालमा राजा वा अन्य विशेष ब्यक्तिको हत्या गर्नका लागि अति शुन्दर विष कन्यालाइ पठाएर हत्या गर्ने गरेको धार्मिक कथा सुनीएको नै हो ।
यसको उपयोग चिनले समेत गर्दै आएको तथ्य खुलेको छ । फरक यत्ति हो उसको उद्धे्रश्य कसैको हत्या गर्नेभन्दा पनि गोप्य सुचनाहरु लिने र दलाइ लामाका विशेष प्रतिनिधिहरुको तस्विर संकलन गर्ने । अनी यसमा उनीहरुले विष कन्या हैन व्यवसायिक यौनकर्मीहरुको उपयोग गर्ने गरेको छ ।
कुरा ८ दिन अगाडिको हो । स्वतन्त्र तिब्बतको आन्दोलनलाइ सहयोग पुर् याउन र विशेष योजना
निर्माण गर्न भारतमा रहेको तिब्बतवाट निर्वासित दलाइ लामाका ५ जना विशेष प्रतिनिधि काठमाडौं आएका थिए ।
उनीहरु नेपाल छिर्नासाथ यसको सुइको पायो नेपालमा रहेको चीनको दुतावासका कर्मचारीले । जानकारी पाउनासाथ उनीहरुले दलाइ लामाका ति विशेष प्रतिनिधिको बारेमा सूचना संकलन गरिरहेका थिए । काठमाडौंका एक उच्च प्रहरी अधिकारीका अनुसार लामा प्रतिनिधिहरु बौद्धमा रहेको हायात रिजेन्सी होटलमा बसेका थिए ।
२३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । उनीहरुलाई काठमाडौं भित्र्याइएको थियो ति विशेष प्रतिनिधिहरुसंग पुगेर उनीहरुको तस्विरका साथ उनीहरुको गोप्य योजनाहरु थाहा पाउने ।
आफ्नो परिचय गोप्य नै राख्न आग्रह गर्दै ति प्रहरी अधिकारीका अनुसार २६ तारिख मध्यान्हसम्म ति केटीहरु हायातमा लामाका ति विशेष प्रतिनिधिहरुसंगै देखिएका थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडेको उनको दावा छ ।
उनले भने-मलाई प्रारम्भदेखीनै यो जानकारी आएको थियो तर एकाएक अप्रेशन गर्दा कुटनीतिक प्रभावका कारण समस्या आउने भएपछि चुप लागे । ति प्रहरी अधिकारी गोप्य सुचना संकलनका लागि भारतले समेत विशेष मोडलहरु मगाएर नेपालका उच्च अधिकारीसम्म आफ्नो सहज पहुंच बनाउने गरेको दावा गर्छन ।
ति उच्च प्रहरी अधिकारी दावी गर्छन-पहिलादेखी नै भारतियहरुले समेत राम्रा राम्रा भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको धेरै प्रमाणहरु फेला परेका छन । तर हामीले आफैं बोल्दा समस्या पर्ने भएकाले मौन बस्न बाध्य छौं ।
No comments:
Post a Comment