पप गायक सविन राईले सोलस्थित नेपाल-कोरिया सांस्कृतिक माचको स्टेजमा आफ्ना नयाँ गीत पस्केर संगीतप्रेमी सोलवासी नेपालीलाई भरपुर रोमाञ्चक बनाए। सोलमा एकल प्रस्तुति दिन पुगेका सविन आफन्त र आफ्ना फ्यानसँग एक दिन बिताएर कार्यक्रममा सहभागी भएका थिए।
सोल सिटीले हरेक वर्ष आयोजना गर्दै आएको एसियन कल्चर फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै रक पप गायनमा सकृय गायक सविन राई सोल पुगेका हुन्। सोलस्थित सोल वल्र्डकप स्टेडियमपसिरमा सिंगारिएको वान एसिया पप कन्स्रटमा सविनले आफ्नो नयाँ एल्बमका गीतसँगै केही कोरियन भाषाका गीतसमेत पस्केका थिए।
डीभीडी म्युजिक भिडियो र टेलिभिजनको पर्दामा मात्र देखिने रसिला गायक सविनको उपस्थितिले कार्यक्रममा सहभागी एसियाका धरैजसो देशका फ्यान धक फुकाएर सविनसँगै नाचेका थिए।
एसियाका धेरै मुलुकका गायक कलाकारको समेत जमघट रहेको कार्यक्रममा सविनसँगै कोरियास्थित नेपाली गायक रोशन भट्टराईले समेत गीत पस्केका थिए। नेपाल-कोरिया सांस्कृतिक माचको संयोजनमा भएको उक्त सांगीतिक माहौलमा सविनको प्रस्तुतिका क्रममा दर्शक स्टेजमै पुगेर केहीबेर नाच्न भ्याए। कार्यक्रममा सांस्कृतिक माचको तर्फबाट दुई गीत तथा एक नृत्य प्रस्तुत गरिएको थियो। हरेक वर्ष नियमित आयोजना गरिने सो कार्यक्रममा गतवर्षको तुलनामा यसपटक थुप्रै नेपाली तथा कोरियालीको सहभागिता रहेको आयोजक समितिका सचिव तथा गायक रोशन भट्टराईले बताए।
No comments:
Post a Comment