Saturday, June 26, 2010

दमक पशुहाट

झापाको दमक नगरपालिका स्थित पशुहाट सरकारको मापदण्ड भित्र नरहेको बिज्ञहरुले बताएका छन् ।

आज दमकमा पशुपिाछ बजार निर्देशनालयले आज दमकमा गरेको अन्तरकृयामा उनिहरुले सो बताएका हुन् । कार्याक्रममा निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर केशवप्रसाद प्रमीले पशुहाटका लागि पिउनेपानी साचारयातायात तथा स्वास्थ्य परिक्षण लगायतको ब्यबस्था हुनु पर्ने भए पनि दमकको पशुहाटमा सो नभएको बताउनु भयो ।
बजारको स्तरिकरणका लागि निर्देशनालय सहयोग गर्न तयार रहेको समेत उहाले जनाउनु भयो । कार्याक्रमा क्षेत्रिय पशु निर्देशनालय बिराटनगरका प्रमुख डाक्टर योगेन्द्रप्रसाद यादवले पशुहाटको बिकाशका लागि आवश्यक पर्ने प्राबिधिक सहयोग गर्न कार्यालय तयार रहेको जनाउनु भयो ।

नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले भने सम्बन्धित मन्त्रालयबाट पर्याप्त सहयोग नहुदा बजार ब्यबस्थापनमा समस्या भएको जनाउनु भयो ।

दमकको पशुहाट देशकै ठुला पशुहाट मध्येमा पर्दछ । यो हाट बर्षेनी करिव ५० लाख रुपैयामा ठेक्का लाग्ने गरेको छ ।

No comments:

Post a Comment