आफ्नो अभिनय क्षमताभन्दा ग्ल्यामरस छवि र विवादास्पद टिप्पणीका कारण चर्चामा आइरहने बलिउड बाला सेलिना जेट्ली जुत्ता क्रेजीका रूपमा चिनिएकी छिन् । त्यसैले उनी सेलिनाबाट शुलिनाको परिचय बनाउादै छिन् । सेलिनाले आफूसित १ हजार ५ सय जोर जुत्ता रहेको दाबी गरेको र त्यसका लागि लिम्का बुक अफ रिर्कडमा आफ्नो नाम दर्ता गर्ने सोच बनाएको कुरा एक समाचारमा जनाइएको छ । उनी जुत्ताको कुन हदसम्म क्रेजी छिन् भन्ने कुरा क्यानाडामा हालै चलचित्र 'थ्याङ्क यु' को छायांकनका क्रममा थाहा भयो ।
आफ्नो दाात दुखेर रुट क्यानल टि्रट्मेन्ट गरीे औषधी किन्न गएकी सेलिनाले औषधी किन्न छोडेर ११ जोर जुत्ता खरिद गरेकी थिइन् । पछि होटलमा पुगेपछि मात्र उनले औषधी खरिद गर्न बिर्सिएको कुरा चाल पाइन् ।
No comments:
Post a Comment