झापा १३ असार झापाका कुखुरा ब्याबसायिहरुले जिल्लामा उत्पादित कुखुरा अन्य जिल्लामा निकाशी गर्न पाउने ब्यबस्थाको माग गर्दै आज जिल्ला पशु सेवा कार्यको ध्यानाकर्षण गराएका छन् । लोकल कुखुरा ब्याबसायि संघ दमकको टोलिले सो ध्यानाकर्षण गराएको हो ।
सो क्रममा कार्यलय प्रमुख राधेश्याम मण्डलले ५ दिन भित्रमा समस्याको समाधानका लागि ठोस निर्णय गर्ने जनाउनु भएको संघका सचिव राजेन्द्र श्रेष्ठले बताउनु भयो ।
जिल्लाका ग्रामिण क्षेत्रमा उत्पादित स्थानिय जातको कुखुरा समेत राजधानी लगायतका शहरमा निकाशी गर्न नपाउँदा एक हजार जना भन्दा बढि ब्याबायिको लगानी जोखिममा परेको उहाको भनाई छ ।
पशु सेवा बिभागले झापा मोरङ् र सुनसरीका केही भागको कुखुरा राजधानी लगायतका ठुला शहरमा पैठारी गर्न रोक लगाए पनि अन्य जिल्ला बाट कुखुरा बिभिन्न शहरमा जाने गरेको संघका सचिब श्रेष्ठले बताउनु भयो । संघका अनुसार झापामा १ हजार जना भन्दा बढि कुखुरा ब्याबसायी रहेका छन् । गत चैत २६ गते बाट भने कुखुरा पैठारी गर्न नपाउँदा झापामा कुखुराको मुल्य समेत घटेको छ । चैत अगाडि ३ सय रुपैया सम्म प्रतिकिलो मुल्य रहेको स्थानिय जातको कुखुराको मुल्य हाल २ सय २० रुपैयामा झरेको ३ दशक देखि कुखुरा ब्यासाय गर्दै आएका दमकका श्रीप्रसाद आचार्यले बताउनु भयो । गत चैत बाट भेटेरीनरि प्रमाण पत्र नपाउदा जिल्लाबाट कुखुरा पैठारी रोकिएको छ ।
No comments:
Post a Comment