Monday, June 28, 2010

अश्लील वेबसाइट अब ँडट टि्रपल एक्स’मा

एजेन्सी

ब्रसेल्ल, १३ असार
अब चाँडै इन्टरनेट अश्लीलता प्रतिबन्ध गर्न सजिलो हुनेछ ः डोमेन नाम नियन्त्रण गर्ने निकायले शुक्रबार अश्लील अनलाइन पहिचानका लागि व्यक्ति र कम्पनीहरूको वेबसाइटको अन्त्यमा डट टि्रपल एक्स -एक्स्एक्स्एक्स्) थप्ने बताएको छ ।
क्यालिफोर्नियास्थित एक गैरनाफामुखी निकाय, आईसीएएनएनले डट कम र डट ओआरजी जस्तै अश्लील वेबसाइटको अन्त्यमा डट एक्स्एक्स्एक्स् थप्ने बताएको छ । यो निर्ण्र्ााे इन्टरनेट अश्लीलतासम्बन्धी एक दशक लामो विवाद टुंगिने भएको छ ।
निर्ण्र्ाालागू भए अभिभावकहरूले आफ्ना छोराछोरीलाई यस्ता साइटहरू हर्ेन प्रतिबन्ध लगाउन सक्छन् भने केही शंकालुहरूले हाल विद्यमान डट कम एड्रेस पनि त्याग्ने बताउँछन् ।

तथापि, यसलाई नयाँ डोमेन नाम र प्रत्यय -पुच्छर) हरूको बाटो खोल्ने सांकेतिक कदमको रूपमा लिइएको छ । सो निकायले चिनियाँ स्त्रिmप्ट पनि स्वीकार गर्न सुरु गर्ने बताएको छ ।

यो निर्ण्र्ााअमेरिकी कम्पनी आईसीएम रेजिस्ट्री एलएलसीका लागि जितसमान हुनेछ, जसले ला समयदेखि डट एक्स्एक्स्एक्स् पुच्छर लागू गराउन अपिल गरिरहेको छ ।
'इन्टरनेट नेम्स् एजेन्सीले सन् २००० देखि अनलाइन अश्लीलता फैलिएको प्रति दुःखी
क्रिस्चियन समूहहरू र सरकारको आंशिक दबाबमा यो कम्पनीको दरखास्त तीन पटक अस्वीकार गरिसकेको छ,' आईसीएमका कार्यकारी प्रमुख र्स्र्टट ललेले भने । पुच्छरमा एक्स्एक्स्एक्स् राखिए वेब प्रतिबन्ध गर्ने सफ्टवेयरहरूले वेबसाइट अश्लील भए/नभएको स्वतः पहिचान गर्ने पनि उनले बताए । जसले यसको खोजी गर्छन् उनीहरूलाई यो कहाँ छ भन्ने कुरा यत्तिकै पनि थाहा छ । र, आफ्ना बालबच्चालाई अश्लील वेबसाइटबाट टाढा राख्न चाहने अभिभावकहरूले यो संयन्त्र प्रयोग गर्न सक्छन्,' उनले भने ।

शुक्रबार आईसीएएनएनको बोर्ड बैठकले तीन वर्षेखि कम्पनीको दरखास्तलाई अश्लीलताको प्रतिनिधि भन्दै बेवास्ता गर्दै आएको बताएको थियो ।

आईसीएएनएनले इन्टरनेट अश्लीलताको नयाँ बाटो सुरु गरिरहेको भन्ने आरोपको आईसीएएनएनका प्रमुख पिटर डेनगेट थ्रसले विरोध गरे । 'हामी सन्तोषजनक व्यवसायमा छैनौं र यो फैसला गर्न सक्षम राष्ट्रिय सरकारहरू, विधायकहरू तथा जनतामा निर्भर कुरा हो,' उनले भने ।

अश्लील सामग्री ठूलो व्यापार हो ः यो क्षेत्रमा वाषिर्क १३ अर्ब डलरबराबरको व्यापार हुने क्यालिफोर्नियामा आधारित एडल्ट मिडिया न्यु मिडिया नेर्टवर्कले जनाएको छ ।
नयाँ एड्रेसले कम्तीमा पनि पाँच लाख साइटहरूलाई आकषिर्त गर्ने ललेको विश्वास छ । यो एड्रेस डट मोबीपछि विश्वकै दोस्रो ठूलो डोमेन हुने अपेक्षा गरिएको छ । उनले हरेक डोमेनलाई ६० डलरमा बेचेर प्रत्येक वर्षतीन करोड डलर आम्दानी हुने बताए । 'त्यसमध्ये मैले योजना बनाएको बालबालिका संरक्षण अभियानका लागि १० करोड डलर दान गर्नेछु,' उनले भने ।

उता, डट कम भने प्रतिडोमेन सात डलरका दरले वाषिर्क आठ करोड डलर बराबरको बिक्री हुन्छ । डट एक्स्एक्स्एक्स्का लागि अहिले नै एक लाख १२ हजार ओटा बुकिङ भइसकेको ललेले बताए । शुक्रबारको निर्ण्र्ााे एक दिनमा थप दर्ुइ हजार कम्पनी आकषिर्त भएका थिए ।

No comments:

Post a Comment