Saturday, June 26, 2010

पुर्वमा अरवऔं रुपयाँको पशु कारोवार


पुर्वी नेपालमा मात्र वार्षीक अरबौं रुपयाँ बराबरको पशु खरिद बिक्री हुने गरेको पशुपंक्षी बजार प्रबद्धन निर्देशनालय ललितपुरले जनाएको छ ।

निर्देशनालयद्वारा दमकमा आयोजित पशुहात बजार व्यावस्थापन सुधार नामक अन्तकृ्रया कार्यक्रम मार्फत सार्बजानिक गरिएको बिवरण अनुसार पुर्वी नेपालमा मात्र बार्षिक १० अर्ब २८ करोड २२ लाख रुपयाँ बराबरको कारोबार हुने गरेको उल्लेख छ । निर्देशनालयको क्षेत्रीय कार्यलय बिराटनगरका निर्देशक प्रसाद शाहले चौपाया ब्यापारले देशको आर्थिक क्षेत्रमा ठूलो सहयोग पुर्याएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले बिशेष गरी दमक नगरको पशुहाटलाई ब्यवस्थित गरिनुपर्ने बताउनुभयो । उनिहरुले दमक क्षेत्रमा रहेका पशु पंक्षी बदशाला लगायतको समेत ब्यवस्थित गरिनुपर्ने बताएका थिए । कार्यक्रममा केन्द्रीय निर्देशक डा। केशब प्रसाद प्रेमीले उपभोक्ता ब्यापारी र सरकार सबैको साझेदारीमा आगामी दिनमा ब्यवस्थित गरिदै लाने नीति तय गरेको बताउनुभयो ।

No comments:

Post a Comment