Saturday, June 26, 2010

पहाड र तराई जोड्नसडक अबरुद्ध

दमक

१२ असार झापा बाट मेची अाचलका पहाडी जिल्ला जोड्ने सडकमा सवारी साधन चल्न छोडेका छन् । वर्षायाम शुरु भए सँगै झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने फाल्गुनन्द सडकमा सवारी साधन चल्न छोडेका हुन् ।

सो सडक अन्तर्गत पर्ने रतुवा खोलामा बाढि आए पछि सो सडकमा सवारी साधन चल्न छोडेको सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुरेश सुब्बाले बताउनुभयो । सो सडकमा यातायात बन्द भए पछि बैकल्पिक बाटोको रुपमा मोरङ्को मधुमल्ला बाट ईलामको साक्फारा हुँदै ओहोर दोहर गर्न थालेको उहाले जनाउनुभयो ।

फाल्गुनन्द मार्गमा हिउदको समयमा दैनिक २ दर्जन यात्रुबाहक जिप तथा सो भन्दा बढि मालबाहक ट्रक तथा ट्याक्टर चल्ने गरेका छन् ।

सो मार्गमा चालु आर्थिक वर्षमा ३ करोड रुपैया बरावरको ट्रयाक खोल्ने तार जालि लगाउने र ह्युम पाईप लगाउने कार्य भईरहेको अध्यक्ष सुब्बाले बताउनुभयो । सो संगै ईलामको बाँझो गाबिसमा पर्ने लाटीचेाकमा ४० लाख रुपैयाको लागतमा पुल बनाउने कार्य समेत भईरहेको छ ।

No comments:

Post a Comment