Saturday, June 26, 2010

विश्वकपका कारण वेश्याहरुको मूल्यवृद्धि

दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा भइरहेको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुका कारण सेक्स टुरिजमका कारणले पनि दक्षिण अफ्रिका अहिले चासोको विषय बन्न पुगेको छ । विश्वभरबाट आएका आगन्तुकहरुको यौनचाहलाई मार्न नदिन यहाँ ४० हजार हाराहारी यौनव्यवसायीहरु परिचालन गरिएको बताइएको छ।
१६ प्रतिशत जनसंख्या एचआइभी एड्सबाट संक्रमित भएको यस राष्ट्रमा हाल आएर बेरोजगारलाई रोजगार र देशलाई कर भन्ने भावनालाई मूर्त रुप दिन त्यहाँको सरकारले यौनव्यवसायलाई बैधानिक बनाउन पनि पछि परेन । २० सन्तानका पिता मानिने दक्षिण अफ्रिकाका बहुविवाहित राष्ट्रपती जाकोब जुमाले विश्वकपलाई लक्षित गरेर १ अर्ब थान अतिरिक्त कन्डमको आपूर्ति गर्ने बताएलगत्तै त्यहाँका स्वास्थ्य कार्यकर्ताहरुले एक वर्षमा खपत हुने कण्डम एकै महिनामा खपत हुने बताइरहेका छन् ।

विश्वकप सहभागीहरुलाई खेलकुदको आनन्दसँगै अविस्मरणीय यात्रासुख प्रदान गर्नको लागि भन्दै आफ्नो राष्ट्रमा यथेष्ठ मात्रामा यौन व्यवसायी नभएता पनि विदेशबाट समेत उल्लेख्य संख्यामा व्यवसायीहरु आयात गरिएको छ । त्यसरी आयात गरिएका युवतीहरु धेरैजसो चाहिँ पूर्वी यूरोपबाट ल्याइएको बताइएको छ ।

विश्वकपमा वेश्याहरुको मूल्य १० प्रतिशतले बढाएका छन् । खेलको रन्को बढ्दै जाँदा वेश्याहरुको मोल दोब्बर हुन सक्ने बताइएको छ । खेल अवधिको अन्तिमतिर दर्शकको घुँइचो बढेको खण्डमा वेश्याहरुको मूल्य झनै बढ्ने देखिएको छ ।

No comments:

Post a Comment